तारा लक्समको नयाँ गीतमा पुनम र नरमानको रोमान्स (भिडियो सहित)



रंग खबर, काठमाडौँ।  नेपाली तारा सिजन २ को फस्ट रनरअप तारा लक्समको नयाँ गीत सार्वजनिक भएको छ । लोक पप भर्सनको ‘साह्रै राम्रो छु कि कसो’ बोलको गीति भिडियो समेत तयार भएको छ । गीतमा दिपेन याकतुम्वाको शब्द तथा संगीत रहेको छ ।

fff
गम्भिर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा मोडल पुनम क्षेत्री र नरमान राईको नृत्य प्रस्तुत छ । तिलक रिजाल तथा बिक्रम डिसीले खिचेको यस गीतलाई ‘ब्लयाकलाइट इन्टरटेनमन्ट’ कम्पनीले बजारमा ल्याएको हो ।

हेर्नुस भिडियो:-

 

प्रतिक्रिया दिनुहोस्