‘स्टुडेन्ट अफ द ईयर २’मा टाइगर संग जोडी बाँध्दै तारा सुतारिया



रंग खबर, काठमाडौँ । करण जोहर निर्देशित फिल्म ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउडमा इन्ट्री मारेकी आलिया भट्ट अहिले बलिउडमा करिब स्थापित नाम नै हो । सानै उमेर फिल्ममा डेब्यु गरेकी आलियाको फिल्म प्रदर्शन ताका एक दमै चर्चा भएको थियो । पहिलो फिल्म नै सुपरहिट भएपछी आलियाले अहिले पछाडी फर्कनु परेको छैन ।
student of the year 2

‘स्टुडेन्ट अफ द ईयर’बाट राम्रै कमाई र चर्चा बटुलेका निर्माता एवं निर्देशक करण जोहर यसको सिक्वेल बनाउन तम्सिएका छन् । सिक्वेलका लागि अहिलेका उदाउदा तारा टाइगर श्रॉफलाई लिडमा छनोट गरिसकेका करणले फिल्मकी मुख्य हिरोइन पनि फाइनल गरेका छन् ।

cf893171bf71086bba32f668f4cc1db8

अब फिल्मका लागि सानो पर्दाको ‘इन्टरटेनमेन्ट की लिए कुछ भी करेगा’मा आफ्नो उपस्थिति जनाइसकेकी तारा सुतारियाले मुख्य भूमिका निर्वाह गर्नेछिन । २१ बर्षकी उमेर भएकी तारा ५.६ इन्च उचाईकी रहेकी छिन । तारा जुम्ल्याहा हुन् । ताराकी बहिनि पिया सुतारिया हुन् ।

प्रतिक्रिया दिनुहोस्