‘सफर’ अभिनेता संजय भन्छन, ‘अभिनय गर्न एकदम गार्हो छ’ (हेर्नुस रंगवार्ता)



रंग खबर, काठमाडौँ । असोज १४ मा आशिष श्रेष्ठ निर्देशित ‘सफर’ फिल्म प्रदर्शनमा आउदै छ । यहि फिल्मबाट नेपाली फिल्म उधोगमा अभिनेता संजय गुप्ता डेब्यु गर्दैछन । संचारकर्मी हुदै फिल्ममा हाम फालेका संजयको कामलाई दर्शकले कसरी मुल्यांकन गर्छन, त्यो त आगामी साता नै थाहा हुनेछ ।

संजय

तर फिल्म रिलिज भन्दा अगाडी सार्वजनिक फिल्मको ट्रेलर र संजयको फिल्म प्रतिको लगावले चौतर्फी चर्चा पाईसकेको छ । फिल्मका अन्य कलाकारले फिल्मको प्रचार प्रसारमा त्यति समय दिन सकि रहेका छैनन् । तर संजय फिल्म प्रमोशनमा दौडधुप गर्न मै व्यस्त छन् ।

सायद काम प्रतिको लगावकै कारण पहिलो फिल्म रिलिज नहुदै दोस्रो फिल्म ‘ह्याप्पी डेज’मा पनि अनुबन्धित भैसकेका छन् । ‘सफर’ प्रचार प्रसारकै क्रममा संजय हाम्रो रंग खबर जम्काभेटमा फ्रेममा अटाएका छन् ।

जम्काभेटको क्रममा संजय भन्छन: अभिनय गर्न निक्कै गार्हो छ, दया दाइ र प्रियंका कार्कीको अभिनयबाट एकदम प्रभावित छु । लाग्छ कसरी गर्नु हुन्छ होला त्यस्तो अभिनय ? अरु के भन्छन त ‘सफर’ डेब्यु अभिनेता हेर्नुस:

रंग खबर जम्काभेट:-

प्रतिक्रिया दिनुहोस्