‘कृष ४’मा ऋतिकको अपोजिट देखिदै यी अभिनेत्री



रंग खबर, काठमाडौँ | ऋतिक रोशन अहिले ‘काबिल’ फिल्मको प्रमोसनमा व्यस्त छन् । ‘काबिल’ प्रदर्शन भए लगतै होमप्रोडक्सनमा बन्न लागेको ‘कृष ४’को तयारिमा जुट्ने छन् ।

421507-hrithik-roshan

फिल्ममा ऋतिक मुख्य भूमिकामा देखा पर्नेछन । यो कुरा त पहिलेनै फाइनल भैसकेको हो । तर हिरोइनको मामिला भने अहिले सम्म सकिएको थिएन । पहिला दिपिका पादुकोण, अनुष्का शर्मा र परिनिती चोपडाको नाम फिल्मको लागि जोडीए पनि अन्तत फिल्ममा प्रिक्वेलकी हिरोइन प्रियंका चोपडा नै हुने भएकी छिन ।

pccc

भारतीय मिडियाका अनुसार ऋतिक आफैले फोन गरेर प्रियंकालाई अनुबन्धित गरेको बताएका छन् । प्रियंका र ऋतिक अभिनित ‘कृष २’, ‘कृष ३’ र ‘अग्निपथ’ बक्स अफिसमा हिट छन् ।

प्रतिक्रिया दिनुहोस्