बक्स अफिसमा उकालो लाग्दै आलियाको ‘डीयर जिन्दगि’



रंग खबर, काठमाडौँ | गौरी सिंधे निर्देशित फिल्म ‘डियर जिन्दगि’ले बक्स अफिसमा सकारात्मक सुरुवात गरेको छ । माउथ पब्लिसिटीको कारण पनि फिल्मले बिस्तारै पिकअप लिदै गरेको छ ।

1st-weekend-collections-of-alia-bhatts-last-5-films-1

पहिलो दिन घरेलु बक्स अफिसमा ८.७५ करोडको नेट कारोबार गरेको फिल्मले दोस्रो दिन ११.२५ करोड र तेस्रो दिन १२.५० करोडको नेट कारोबार गर्दै तिन दिने टोटल कमाई ३२.५० करोड पुर्यायो । फिल्मको इन्डिया ग्रस कलेक्सन ४५.५० करोड रहेको छ । फिल्मले भारत बाहिर पाँच दिनमा २७.२० करोडको कारोबार गरेको छ । ‘डियर जिन्दगी’ले अहिलेसम्म विश्वब्यापी ७२.७० करोडको ब्यापार गर्न सफल भएको छ । फिल्म भारत बाहिर (थ्यांक्स गिभिंग डे)को अवसर पारेर बुधबारनै रिलिज भएको थियो ।

फिल्ममा आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेकी छिन भने शाहरुख खान सहायक भूमिकामा रहेका छन् | फिल्मले पाचौं दिन सम्म गौरी सिंधेको पहिलो निर्देशकीय हिट फिल्म ‘इंगलिस भिन्ग्लिस’को रेकर्ड तोड्ने अनुमान गरिएको छ । ‘इंगलिस भिन्ग्लिस’ले ४० करोड भारु कमाएको थियो । ‘डियर जिन्दगि’ ४५ करोडको लगानीमा बनेको फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्