३१औ दिनमा १०० करोड क्लबमा ‘शिवाय’ तर पनि फ्लपको सुचिमा



रंग खबर, काठमाडौँ | २८ अक्टुबरमा रिलिज भएको अजय देवगन स्टारर फिल्म ‘शिवाय’ले प्रदर्शनको ३१औ दिनमा १०० करोड क्लबमा इन्ट्री गरेको छ ।

Shivaay-Hindi-Full-Movie

 

संगै प्रदर्शनमा आएको ‘ए दिल हे मुस्किल’ले भने प्रदर्शनको बाह्रौ दिनमा १०० करोड क्लबमा इन्ट्री गरेको थियो । फिल्मले ३१औ दिनमा १०० करोड क्लबमा इन्ट्री गरे पनि फिल्मलाई भारतीय मिडियाहरुले फ्लप फिल्मको सुचीमा राखेका छन् ।

१२० करोडमा बनेको ‘शिवाय’लाई हिट फिल्मको ट्याग भिराउन कम्तिमा १३० करोडको ब्यापार गर्नु पर्ने हुन्छ । फिल्मले लाइफटाइम १०२-१०३ करोडको बीचसम्ममा ब्यापार गर्ने देखिए पछी फिल्म यो सालको फ्लप फिल्मको लिस्टमा समाबेश भएको हो |

फिल्म ‘ए दिल हे मुस्किल’संग जुधेकै कारण असफल भएको मानिएको छ । ‘ए दिल हे मुस्किल’लाई हिट फिल्मको लिस्टमा राखिएको छ ।

यो साल रिलिज भएको ऋतिक रोशन स्टारर ‘मोहेन्जो दारो’ पनि अक्षय कुमारको ‘रुस्तम’संग जुधेर फ्लप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्