प्रियंकालाई पछी पार्दै दिपिका बनिन एसियाकै सेक्सी महिला (टप १० लिस्ट)



रंग खबर, काठमाडौँ | दिपिका पादुकोणले प्रियंका चोपडालाई पछी पार्दै पहिलोपटक एसियाकै सेक्सी महिलाको उपाधि हात परेकी छिन । ब्रिटिस पत्रिका ‘इस्टर्न आइ’ नामक पत्रिकाले निकालेको बार्षिकी तथ्यांकमा लगातार दुई बर्ष देखि उपाधि कब्जामा राखेकी प्रियंकालाई पछार्दै दिपिकाले उपाधि चुमेकी हुन् ।

567bd59c19610

प्रियंकाले १३ बर्षे लामो पत्रिकाको तथ्यांकमा चार पटक उपाधि जितिसकी छिन् । टप १०को लिस्टमा दोस्रो नम्बरमा प्रियंका, तेस्रोमा टेलिभिजन स्टार निया शर्मा, चौंथो स्थानमा टिभी अभिनेत्री द्रष्टि धामी र पाँचौ स्थानमा उदाउदी तारा आलिया भट्ट रहेकी छिन ।

15-1429082397-deepika-priyanka

त्यस्तै सेक्सी महिलाको सुचिमा छैटौ नम्बरमा सनाया इरानी, सातौंमा कट्रिना कैफ, आठौँमा सोनम कपूर, नवौमा ‘रइस’ डेब्यु पाकिस्तानी अभिनेत्री महिरा खान र दशौँ नम्बरमा गौर खान रहेकी छिन् ।

12-Priyanka-Chopra-Dance-In-Saree-copy

सेक्सी महिलाको सुचिमा सबैभन्दा धेरै उमेर ५३ बर्षकी निता अम्बानी ३२औं स्थानमा रहेकी छिन् । उनि १३ बर्ष देखि सेक्सी महिलाको सुचिमा पर्दै आइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्