क्यानडाबाटै पदम भट्टराईको ‘कोहि त होला…’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाडौँ | नेपाली साँगीतिक बजारमा अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । क्यानडामा बस्दै आइरहेका पदम भट्टराईले आफ्नै स्वर तथा संगीतमा ‘कोहि त होला…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

padam-kusum

गीतमा शब्द राजुबाबु श्रेष्ठको छ । भिडियोमा पदमसंगै मोडल कुसुम बस्नेत फिचरिङ छन् । डिएण्ड डि क्रियशनको निर्देशनमा बनेको म्युजिक भिडियोलाई क्यानडाको सुन्दर लोकेशनमा हरि सिवाकोटीले खिचेका हुन् । भिडियोको सम्पादन टेकेन्द्र   शाहले गरेका हुन्।

Capture

भिडियोमा एरेञ्ज विक्रम कार्कीको रहेको छ । देश बाहिर रहेर पनि आफनै देशको गीतसंगीतलाई माया गर्ने बताउने पदम भट्टराईले यसअघि पनि केहि गीतहरु बजारमा ल्याइसकेका छन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्