यो सालकी बलिउड बक्सअफिस क्विन ‘अनुष्का’ (टप १० लिस्ट)



रंग खबर, काठमाडौँ | बर्ष २०१६ सकिन केहि दिन मात्र बाँकि रहदा बलिउडमा बार्षिक लेखाजोखा सुरु भैसकेको छ । बलिउडको लागि बक्सअफिस महत्वपूर्ण मानिन्छ ।

13_12_2016-top_actress copy

बर्ष भरिमा रिलिज भएका फिल्मको ब्यापारलाई आधार मान्दै बलिउडमा बक्सअफिस लिडर सार्वजनिक गरिन्छ । बलिउडमा पछिल्लो समय अभिनेत्रीकै बलमा पनि फिल्म हिट हुन् थालेपछि बक्सअफिस कलेक्सनको हिस्सा अभिनेत्री पनि हुन् थालेकी छन् ।

त्यसैले यहाँ हामिले यो सालका बलिउडका दश अभिनेत्री लिस्ट तयार पारेका छौ । जसका बर्ष भरि रिलिज भएका फिल्मको एभरेज कलेक्सनलाई आधार मानेर बक्सअफिस क्विन निर्धारण गरिएको छ ।

१०) सोनक्षि सिन्हा:

बक्स अफिस एभरेज: ३३.११ करोड 

akira-sonakshi-759

सोनाक्षिका यो साल दुई फिल्म प्रदर्शनमा आए, ‘अकिरा’ र ‘फोर्स २’ । तर, दुवै फिल्मले सफलताको स्वाद चाखेनन । ‘अकिरा’ले २८.७३ र ‘फोर्स २’ले ३७.५० करोडको व्यापार गर्दा बक्स अफिस एभरेज ३३.११ करोड हुन् आउँछ । सोनाक्षिको लागि यो साल नराम्रो भएपनि टप १० को लिस्टमा पर्न सफल भएकी छन् । तर, अभिनयमा भने सोनक्षिले चर्चा बटुलिन ।

९) प्रियंका चोपडा:

बक्सअफिस एभरेज: ३८ करोड

priyanka-chopra-story-+-fb_647_010416031514

यो साल प्रियंका मुख्य भूमिकामा रहेको ‘जय गंगाजल’ प्रदर्शनमा आयो । बक्सअफिसमा ३८ करोडको कारोबारो गरेको उक्त फिल्म सेमीहिटको दर्जामा पर्यो । एकै फिल्म रिलिज भएका कारण प्रियंकाको बक्सअफिस एभरेज ३८ करोड हुन् आउँछ । त्यसैले प्रियंका यो साल नम्बर ९ मा रहेकी छन् ।

८) श्रद्धा कपूर

बक्सअफिस एभरेज: ४४ करोड 

Shraddha-Kapoor-Hot-Sexy-Swimsuit-Bikini-in-Baaghi-Movie-HD-Photos-2

श्रद्धाका यो साल दुई फिल्म फिल्म प्रदर्शनमा आए । ‘बाघी’ ७६ करोड हिट, ‘रक अन २’ ११.५० करोड सुपरफ्लप हुदा श्रद्धाको बक्सअफिस एभरेज जम्मा ४४ करोड हुन् आउँछ । त्यसले यो साल श्रद्धा नम्बर ८ मा पुगेकी छन् ।

७) करिना कपूर खान 

बक्सअफिस एभरेज: ५५.६१ करोड 

kareenakapoor-udtapunjab

करिनाको यो साल दुई फिल्म प्रदर्शनमा आए । ‘की एण्ड का’ ५१.६२ करोड र ‘उड्ता पन्जाब’ ५९.६० करोडको एभरेज ५५.६१ करोड हुन् आउछ । करिनाको लागि यो साल राम्रै रह्यो । प्रदर्शनमा आएका दुवै फिल्म असफल भएनन् । त्यसैले करिना यो सालको बक्सअफिस लडाईमा सातौँ नम्बरमा पर्न सफल भएकी छिन ।

६) आलिया भट्ट 

बक्सअफिस एभरेज: ६६ करोड 

aliabhatt-udtapunjab759

यो साल आलियाको लागि महत्वपूर्ण साबित भयो । रिलिज भएका तिन फिल्म बक्सअफिसमा सफल मात्र भएनन् की आलियाले सबै फिल्मबाट अभिनयको तारिफ पाइन् । ‘उड्ता पन्जाब’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि पाइसकेकी आलिया अभिनित फिल्मले उत्साहजनक ब्यापार नगरेपनि निरास भने गरेनन् । ‘उड्ता पन्जाब’ ५९.६० करोड, ‘कपूर एण्ड सँस’ ७३.०३ र ‘डियर जिन्दगि’ ६५ करोडको एभरेज कलेक्सन ६६ करोड हुन् आउँछ । ‘डियर जिन्दगि’ अहिले पनि चलिरहेको हुदा आलीयाको बक्सअफिस एभरेज बढ्न सक्ने छ ।

५) ऐश्वर्या राय बच्चन 

बक्सअफिस एभरेज: ७१ करोड 

sarbjit-aishwarya-759

ऐश्वर्याको यो साल ठिकैको रह्यो । ‘सर्बजित’ बक्सअफिसमा २९ करोडको कारोबार गरेर सेमीहिट बन्दा, ‘ए दिल हे मुस्किल’को ११३ करोडको कारोबारो गरि हिट बन्दा ऐश्वर्याको लागि यो साल राम्रो बन्न पुग्यो । दुई फिल्मको एभरेज कलेक्सन ७१ करोड हुन् आउँछ ।

४) जैकलिन फर्नांडिस

बक्सअफिस एभरेज: ७२.१० करोड 

jacqueline-fernandez-in-sau-tarah-ke-song-dishoom-movie-2

जैकलिनको लागि यो राम्रै रह्यो । ‘फ्लाइंग ज्याट’ ३८.६१ करोड फ्लप, ‘ढिसुम’ ७० करोड एभरेज र ‘हाउसफुल ३’ १०७.७० करोडको कलेक्सनमा सेमीहिट हुदा जैकलिनको लागि यो सालको बक्सअफिस एभरेज ७२.१० करोड हुन् आउँछ ।

३) सोनम कपूर

बक्सअफिस एभरेज: ७५.६१ करोड 

sonam-kapoor-neerja-759

सोनमको लागि यो साल उत्साहपद रह्यो । एक मात्र फिल्म रिलिज भएपनि आफ्नै बलमा फिल्म ‘निरजा’लाई बक्सअफिसमा सुपरहिटको ट्याग थमाइन । ‘निरजा’मा कोहि पनि नाम चलेका हिरो थिएनन । फिल्मले ७५.६१ करोडको करोबारो गर्न सफल भयो । फिल्म यो सालको सर्वाधिक कलेक्सन गर्ने फिल्मको १०औ नम्बरमा रहेको छ ।

२) इलियाना डीक्रुज 

बक्सअफिस एभरेज: १२७ करोड

Ileana-DCruz-rustom-movie

एलियानाको लागि यो बर्ष उत्साहपदनै रह्यो । एक मात्र फिल्म प्रदर्शनमा आउदा इलियानाको लागि फाइदा रह्यो । फिल्म ‘रुस्तम’ले १२७ करोडको व्यापारिक कारोबारो गर्दै इलियाना करियरमा इट्टा थप्यो । त्यसैले इलियाना नम्बर दुईमा पर्न सफल भएकी छिन ।

१) अनुष्का शर्मा 

बक्सअफिस एभरेज: २०६.७ करोड 

anushkasharma-sultan

अनुष्का अभिनित दुई फिल्म प्रदर्शनमा आए । एउटा ब्लकबस्टर बन्दा अर्को हिट बन्यो । ‘सुल्तान’ ३००.४५ करोड र ‘ए दिल हे मुस्किल’ ११३ करोडको कारोबारले अनुष्काको बक्सअफिस एभरेज २०० करोड भन्दा माथि रह्यो । यानकी २०६.७ करोड एभरेजका साथ अनुष्का यो बर्षकी सर्वाधिक कमाउने अभिनेत्री बनेकी छिन । बक्सअफिसमा दुई ओटा ३०० करोडका ब्लकबस्टर फिल्म दिएकी अनुष्का पछिल्लो समयकी बलिउड बक्सअफिस क्विन हुन् ।

प्रतिक्रिया दिनुहोस्