काठमाडौँ प्रदर्शनमा जसु निर्देशित गुरुङ फिल्म ‘कर्म कयां’लाई तारिफ



रंग खबर, काठमाडौँ | देशका बिभिन्न अंगमा महिला सक्रियताको व्यापकता भैरहेको अवस्थामा रंगीन दुनियामा पनि महिला सक्रियता बाक्लिन थालेको छ ।

karm kya 2

अन्य अंग भन्दा अलि बेशीनै महिला सक्रियता फिल्म क्षेत्रमा नै हुने भएपनि, बाह्य देशको तुलनामा भने नेपाल पछाडी नै रहेको छ । तर, नेपाली फिल्ममा पनि पछिल्ला केहि बर्षमा महिलाले निर्माण निर्देशन गरेका फिल्मले पनि खुबै तारिफ पाउने गरेका छन् ।

त्यसको ज्वलन्त उदाहरण हो । फिल्म ‘छक्का पन्जा’ र निर्देशक दीपाश्री निरौला । त्यस्तैं देशको भाषीय फिल्मको प्रतिनिधित्व गर्ने गुरुङ फिल्म क्षेत्रमा पनि महिला सक्रियताले पाईला जमाउदै छ ।

karm kya 4

यसै साता काठमाडौँको राष्ट्रिय नाँचघरमा गुरुङ फिल्म ‘कर्म कयां’ प्रदर्शन गरियो । जुन फिल्मको निर्देशकको रुपमा जसु गुरुङ थिइन् । गुरुङ संस्कृतिलाई जोगाइराख्नु पर्छ भन्ने मान्यताका साथ पश्चिमाञ्चलको मध्य पहाडी जिल्लाहरुमा गुरुङ फिल्म बनाउनेको वर्चश्व रहेको छ ।

गुरुङ फिल्म प्रति खासै कसैको नजर नपरिरहेको अवस्थामा महिला निर्देशक जसु गुरुङ निर्देशित फिल्मले भने प्रिमिएरमा उपस्थित सबैको मन जित्न सफल भयो ।

प्रिमिएरमा उपस्थित धेरैले फिल्मको कथाबस्तुलाई मन पराए । देखेको होइन कर्ममा लेखेको हुन्छ भन्ने भाव बाकेको फिल्मले गरुङ संस्कृतिको पनि जगेर्ना गर्ने निर्देशक जसुले बताइन ।

karm kya 3

फिल्मका निर्मातामा लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ, सहनिर्देशकमा गजेन्द्र गुरुङ, छायांकन भेषबहादुर गुरुङ, कथा शंकर गुरुङ (बतासे)को रहेको छ ।

यस अघि भाग्य र आगे ठागुमा अभिनय गरिसकेका सुजित गुरुङ फिल्ममा नायकको रुपमा देखिएका छन् । मनाङे नानी र मेलामा अभिनय गरिसकेकी रिया गुरुङले नायिकाको भुमिका निभाएकी छन् ।

फिल्ममा गजेन्द्र गुरुङ, रसिला गुरुङ, बालकलाकार मञ्जु गुरुङका साथमा लमजुङकै बिष्णु गुरुङ, लक्ष्मी गुरुङ तथा स्थानीय कलाकारको अभिनय गरेको उनले बताइन् । फिल्ममा संगीत धन बहादुर गुरुङले भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्