यस्तो रह्यो आमिर खान स्टारर ‘दंगल’को शुक्रबारको कमाइ | तोडीएन ‘सुल्तान’को रेकर्ड



रंग खबर, काठमाडौँ | आमिर खान स्टारर फिल्म ‘दंगल’ले पहिलो दिन भारतमा राम्रो कमाई गरेको छ । ४०००+ स्क्रिनमा रिलिज भएको ‘दंगल’ले यो सालको दोस्रो सर्वाधिक ब्यापार गर्ने रेकर्ड राखेको छ ।

Capture

 

पहिलो दिनमा सर्वाधिक कलेक्सनको रेकर्ड सलमान खान अभिनित ‘सुल्तान’को नाममा रहेको छ । ‘सुल्तान’ले पहिलो दिन ३६.५४ करोडको ब्यापार गरेको थियो भने ‘दंगल’को पहिलो दिनको ब्यापार २९.७८ करोड रहेको छ । जहाँ तामिल र तलेंगुको कलेक्सन पनि समावेश रहेको छ । फिल्मले तमिल र तलेंगुमा ५९ लाखको ब्यापार गर्न सफल भयो ।

आज सनिबार र भोलि आइतबार सार्वजनिक बिदा भएकोले फिल्मले ब्यापारमा उछाल मार्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्