बायोपिक ‘दंगल’मा आमिरले समावेश गरेको झुट | जुन अदालतसम्म पुग्न सक्छ



रंग खबर, काठमाडौँ | आमिर खान स्टारर ‘दंगल’ले अहिले सबैको मन जितिरहेको छ । महावीर सिंह फोगाटको जीवनीमा बनेको फिल्मले आमा-बाबुले सन्तानमा देख्ने सपनालाई उठाईएको छ ।

geeta-phoghats-real-coach-may-take-legal-action-dangal-0001

एक बायोपिक फिल्म जुन सत्यकथामा निर्मित हुन्छ । बायोपिक हेरिसकेपछि व्यक्तिको जीवनीबाट मानिस प्रभावित हुनु स्वाभाविक नै हो । किनकी बायोपिक सत्य हुन्छ भन्ने विश्वाश लिईएको हुन्छ । समाजमा उदाहरणीय व्यक्तित्वको बायोपिक मात्र फिल्ममा आउने भएकाले त्यो फिल्मबाट दर्शकले शिक्षा पनि लिईरहेका हुन्छन ।

तपाइँले ‘दंगल’ हेरेपछि फिल्म भित्रको एक नेगेटिभ पात्रलाई बिर्सनुहुदैन । नेगेटिभ पात्र भन्न बित्तिकै नाम आउछ कोच प्रमोद कदमको । त्यो नेगेटिभ पात्र रियल लाइफमा भने फिल्ममा देखाइएको जस्तो नेगेटिभ छैन ।

फिल्ममा देखाइएको प्रमोद कदम पनि गीताका रियल कोच होइनन ।

प्यारा राम सोंधि गीताका रियल कोच हुन् । फिल्ममा प्रमोद कदमको नाममा देखाइएको उनको नेगेटिभ क्यारेक्टर फिल्मको सबै भन्दा ठुलो झुट हो । फिल्ममा आमिरले महावीरको क्यारेक्टरलाई मजवुत बनाउनलाई कोचको सकारात्मक क्यारेक्टरलाई कतिसम्मको नेगेटिभ देखाएका छन् । यो कुराले ति प्यारा राम सोंधिको जीवनमा के असर पार्छ भन्ने कुरा सोचनीय विषय बनेको छ ।

जसले देशको निम्ति गीता र बबितालाई कोच गरेर स्वर्ण र रजत जिताएका थिए । उनैलाई फिल्ममा ठ्याक्कै उल्टो पारेर फिल्ममा देखाउदा उनलाई कत्तिको अन्याय परेको छ भन्ने कुरा जो कोहिले पनि महसुस गर्न सक्छ होला । फिल्ममा महावीर सिंह फोगाटलाई गीताका कोचले खेल हराउनका निमित्त बन्द कोठामा थुनेको दृश्य पनि छ । यो दृश्य पनि ‘दंगल’को झुट नै हो । जुन दृश्यलाई फिल्मको कमजोर पक्ष भनेर समिक्षकले समिक्षा पनि गरेका छन् ।

भारतीय मिडियाका अनुसार गीता र बबिताका रियल कोच अहिले फिल्ममा देखाइएको उनको नेगेटिभ क्यारेक्टरबाट रुष्ट छन् ।

सोंधिले आमिरसंग भेटेरै कुरा गर्ने इच्छा व्यक्त गरेका छन् । यदि परिआएको खण्डमा सोंधिले आफु अदालत सम्म पनि पुग्न सक्ने भन्दै मिडियालाई भनेको कुरा भारतीय मिडियाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्