यस्तो छ सरुको ‘के यो माया हो’ (भिडियो)



रंगखबर, काठमाडौं । गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा आफ्नै भाई सरोज गौतमलाई मोडलिङ गराएकी छिन् ।
गीतका शब्द सरुकै आफ्ना छन् । संगीतकार टंक बुढाथोकीले गीतमा संगीत र एरेन्ज गरेका छन । भिडियोमा मोडल कृष्टिना थापाले सरोजसँग रोमान्स गरेका छन् । बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । ‘यो लभ सङ हो,’ गीतबारे सरुले भनिन्, ‘गीतमा प्रेम भाव झल्किन्छ । आशा छ दर्शकले प्रेम गर्नुहुनेछ ।’

हेर्नुस् गीत :

May 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
प्रतिक्रिया दिनुहोस्