लक्षले ल्याए ‘बीएफ जीएफ’ ( भिडीयो )



रंग खबर, काठमाडौं । केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएका लक्ष खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । मुम्बइमै रेकडिङ गरिएको यो गीतको भिडियोमा लक्षसँगै सिरियल र गडवाली चलचित्रकी मोडल सुप्रिया शुक्लाको मोडलिङ देख्न सकिन्छ । सुप्रियाले ‘बडी दुर से आइ हे, बढी बहु’ लगायतका सिरियलमा कामगरेकी छिन् ।

बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका राज सागरले यो भिडियोको निर्देशन गरेका हुन् । कृष्ण रावले छायांकन गरेको भिडियोको सम्पादन गायक खत्रीले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्