लभ स्टोरी ‘प्रेमगीत २’ रिलीजको लागि तयार



रंगखबर । प्रेमगीत २ साउन १३ गतेबातबाट देशभर रिलिजमा आउने चलचित्र हो ।

ट्रेलरका कारण प्रतिक्षीत बनेको यो चलचित्रले ट्राभल लभ स्टोरीको बिषय उठाएको छ । अघिल्लो चलचित्र प्रेम गीत पोखरा देखिको मुस्तागंसम्मको यात्रा भएको र प्रेमगीत २को क्यानभास अझै ठूलो भएको निर्माता सन्तोस सेनले बताउदै आएका छन् । प्रेमगीत २ बर्मादेखि मुगुको मुर्मा र रारासम्मको कथा भएको उनको तर्क छ ।


प्रदिप खड्का, अश्लेषा ठकुरी, भुवन चन्द, राजाराम पौडेल, कैलाश कटवाल, कविता रेग्मी, शिशिर भण्डारी, बिष्णु सुवेदी, कुमार कार्कीको मुख्य भूमिका रहेको यो चलचित्रलाई रामशरठ पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा बनिस शाह र भुपेन्द्र अधिकारीको सम्पादन ,पुर्षोतम प्रधानको छायाकन ,अष्ट महर्जनको द्वन्द, रेनाषा बान्तवा राईको करियोग्राफी, कल्याण सिंह, एलिश कार्की र रोहित जोन क्षेत्रीको संगीत समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्