गरिमाको ‘स्काउट’ तिजमा लाग्ने



रंग खबर । चलचित्र ‘स्काउट’ को प्रदर्शनको तयार भएको छ । चलचित्र अब तिजको अवसर परेर भाद्र ८ गतेदेखि रिलीजमा आउने भएको हो । चलचित्रमा गरिमा पन्त,नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । ‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिशेस सो समेत भैसकेको छ । चलचित्रको बिशेस सोमा सबैले चलचित्र रुचाएको पराजुलीको भनाई रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्