प्रविशा र बादलले गीत गाएर ब्यूटी सैलुनको उद्घाटन



ललितपुरको जावलाखेलमा स्प्ल्यास ब्युटी सैलुन सञ्चालनमा आएको छ । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त रहेकी गायिका प्रविशा अधिकारी र गायक बादल लिम्बुले सोमबार सँयुक्त रुपमा सैलुनको उद्घाटन गरे ।
उनीहरुले रिबन काट्नुअघि फिल्म ‘होमवर्क’का लागि गाएको ‘हराए म तिम्रो यादमा’बोलको गीत गाएर पार्लरको उद्घाटन गरेका थिए । पार्लर उद्घाटनपछि केक काट्दै प्रविशाले भनिन्, ‘सौन्दर्य मान्छेको महत्वपुर्ण आवश्यकता भइरहेका बेला यस्ता ब्युटी सैलुनहरुको भुमिका महत्वपुर्ण हुन्छ ।’

प्रविशाले ‘नोभेम्बर रेन’, ‘आई एम सरी’, ‘कसलाई दिउ यो जोवन’, ‘मालतीको भट्टी’ लगायत थुप्रै फिल्ममा स्वर दिएका छन् । यता संगीत सिर्जनामा समेत लागेका बादलले ‘होमवर्क’, ‘अलविदा’ लगायत फिल्ममा स्वर दिएका छन् ।

सैलुनलाई इन्दिरा लिङदेन र पासाङ लामाले संचालनमा ल्याएका हुन् । पार्लरमा अन्तराष्ट्रियस्तरको ब्युटी तालिम प्रदान गरिने ब्युटीसियन समेत रहेकी संचालिका इन्दिराले बताइन् । उनले पार्लरमा स्पेसल हेयर कटिङ, हेयर स्टाइल, मेकअप, थ्रेडिङ, मसाज, स्पा लगायतका सुविधा उपलब्ध छन्। ‘हामी दुबईका अनुभवी टेक्नीसियनबाट ब्यूटीसियनको कोर्ष गराउँछौ,’ इन्दिराले भनिन्, ‘विदेश जानेहरुका लागि छुट्टै विशेष कोर्ष पनि गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्