धरमपुरमा सोलार बत्ति जडानका लागि गाउँले मिनी मेला



रंगखबर, धरमपुर (झापा) । रात्रिकालिन सडक बत्ति (सोलार बत्ति) जडानका निमित्त झापाको धरमपुर चोकमा सात दिने रमाइलो गाउँले मिनी मेला आज सम्पन्न हुँदैछ । मेलाको अन्तिम दिन आज हास्यकलाकार श्रीकृष्ण लुुईंटेल (बोके दाह्री)ले दर्शकलाई रमाइलो गराउँदैछन् ।
धरमपुर फुटबल क्लबको आयोजनामा असोज १२ गतेबाट सुरु भएको मेलामा दिनहुँ राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिइरहेका छन् । मेलाको पाँचौ दिन लोकप्रिय हास्य अभिनेता विल्सनविक्रम राईंले सहभागीलाई मनोरञ्जन दिलाएका थिए । उनको प्रस्तुति हेर्न गाउँका बालकदेखि वृद्धसम्म मेला हेर्न उपस्थित थिए ।
त्यस्तै मेलामा दर्शकलाई रमाइलो गराउन गायकहरु विनोद खम्बु, टंक बुढाथोकी, बादल लिम्बु, रेवत राईं, भुवन सुप्तिहाङ राई, इसक राई, गौरीमान राई, गायिकाद्धय एन्जिला रेग्मी र जुनु प्रसाई आएका थिए । मोडलद्धय सुजता थापा र रमा लिम्बुको पनि मेलामा प्रस्तुति रहेको थियो । मेलाबाट भएको आम्दानीले धरमपुर बजारमा रात्रिकालिन सोलार बत्ति चाँडै जडान गरिने मेला समितिका संयोजक नेत्र नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्