मन्त्र ब्यान्डले शुक्रबार झापाको डुडामारी तताउने



रंगखबर, झापा । ‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा शुक्रबार ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को आयोजना हुँदैछ । कन्सर्टमा देशको लोकप्रिय मन्त्र ब्यान्डले नगरमै पहिलोपल्ट प्रस्तुति दिँदैछ ।

लागूपदार्थ दुर्व्यसनको विरुद्ध सबैको सहभागिता जुटाउने उद्देश्य लिएर प्रगतिशिल समाजसेवी युुवा क्लबले आयोजना गर्न लागेको यस कार्यक्रमबाट उठेको रकम दुर्व्यसन विरुद्धको अभियानमै खर्चिइने बताइएको छ । ‘लागूपदार्थ दुर्व्यसनमा फसेकाहरुको उपचार गर्ने र विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने हाम्रो उद्देश्य छ,’ कार्यक्रम संयोजक विक्रम लिम्बुले भने ।

कन्सर्टमा सिग्नेचर ब्यान्ड, गायक साक्थिम योङया लगायत केही स्थानिय ब्यान्डहरुको समेत प्रस्तुत रहने बताइएको छ। श्री भगवती स्कुलको प्रागंणमा हुने कन्सर्टको गेट दिउँसोको दुुईबजेबाट खुल्ला रहने बताइएको छ ।

कार्यक्रमको मुख्य आकर्षक मन्त्र ब्यान्डले आफ्ना लोकप्रिय गीतहरु वीरगोर्खाली, हिमाली नेपाली, संस्कृति, तिमीविना प्रस्तुत गर्ने तयारी रहेको आयोजकका विक्रम शेर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्