जब झापा पुगेर मन्त्रले भन्यो- ‘जमिन हल्लाऔं’



रंगखबर, झापा । ‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुडामारी चोकमा शुक्रबार ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’ सम्पन्न भयो ।
कन्सर्टको प्रमुख आकर्षक ख्यातिप्राप्त ब्यान्ड मन्त्र रहेको थियो । मन्त्रलाई हेर्न जिल्लाका विभिन्न स्थानबाट दर्शकको उपस्थिती थियो । साँझको ७ बजेबाट सुरु भएको कार्यक्रममा रातिको १० बजेमात्र मन्त्र स्टेजमा उत्रिएको थियो ।

‘मलाई जम्प मनपर्छ, सबैले अब जमिन हल्लाउनुपर्छ है,’ भन्दै जब मन्त्रका लिड भोकालिष्ट भाष्कर देवानले दर्शकलाई अनुरोध गरे तब माहोल एकाएक गर्मियो । सबैले ‘हुुन्छ’ भनेर चिच्याउन थालेपछि मन्त्रले ‘संस्कृति’ गीतबाट आफ्नो प्रस्तुति सुुरु ग¥यो । करिब डेढ घण्टा स्टेजमा प्रस्तुति दिएको उसले क्रमशः आफ्ना लोकप्रिय गीतहरु ‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ती’, ‘सपना’, ‘मैले माया लाए’ लगायत गीत गाए ।

त्यसपछि जब मन्त्रले आफ्नो लोकप्रिय गीत ‘वीर गोर्खाली’ तब दर्शक उफ्रीउफ्री साथ दिइरहेका थिए । लाग्थ्यो, उनले भनेजस्तै जमिन हल्लिदैछ । ‘सधैँ सधैँ आइरहन्छ’ बोलको गीत गाउँदा जोडी बनेर आएका दर्शकहरु युगल डान्समा खुब रमाइरहेको देखिन्थ्यो ।

लागूपदार्थ दुव्र्यशनको विरुद्ध सबैको सहभागिता जुटाउने उद्देश्य लिएर प्रगतिशिल समाजसेवी युवा क्लबले आयोजना गरेको कन्सर्टमा मन्त्रका अलावा गायिका दिपा लामा गायक साक्थिम योङयाले पनि प्रस्तुति दिएका थिए । स्थानिय सिग्नेचर ब्यान्डले पनि पर्फम गरेको थियो ।

श्री भगवती स्कुलको प्रागंणमा सम्पन्न कन्सर्टबाट उठेको रकम दुुव्र्यशन विरुद्धको अभियानमै खर्चिइने बताइएको छ । ‘लागूपदार्थ दुुव्र्यशनमा फसेकाहरुको उपचार गर्ने र विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने हाम्रो उद्देश्य छ,’ कार्यक्रम संयोजक विक्रम लिम्बुले भने ।

मन्त्रले पनि आयोजकको परोपकारी अभियानमा सहयोग गर्न दर्शकलाई स्टेजबाटै आग्रह गरेको थियो । शिवसताक्षी र आसपासका गाउँमा थुप्रै यूूवा लागुुऔषधको कुलतमा फसेका छन् । ‘हामी त्यो कुुलतलाई यस क्षेत्रबाट हटाउन चाहन्छौं । त्यसैले हाम्रो अभियान नै हो –से नो टु ड्रग्स,’ आयोजकका विक्रम शेर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्