‘पन्चेबाजा’ लिएर आउदै गायक ज्ञवाली



रंग खबर   । गायक कमल ज्ञवालीले नयाँ गीत ‘ पन्चेबाजा’ तयार पारेका छन्  । केहि दिनमा सार्बजनिक हुने गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  ।

गीतमा कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् ।

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’ लोक शैलीमा निर्माण भएको छ । गीतको भिडीयोलाइ निर्देशक समन अधिकारीले तयार पारेका हुन् । गीतमा टिपिकल ‘पन्चेबाजा’ सुन्न पाइने भएकाले पनि गीतलाई दर्शकले रुचाउँने गायक ज्ञवालीको भनाई रहेको छ ।

भिडीयोमा रामेश्वर कार्कीको छायाँकन , रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्