भाई जन्मदिनमा दिदीभाईको नयाँ गीत ‘मैले सास फेर्दा’ (भिडियो)



रंगखबर, काठमाडौं । गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ । स्वरमा भाई सरोज गौतमसँग सहकार्य गरेर उनले ‘मैले साँस फेर्दा’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
भाई सरोजको जन्मदिनको अवसर पारेर गीत शुक्रबार युट्युबमार्फत रिलिज गरिएको हो । प्रभा बर्तौलाको शब्द रहेको गीतमा दिपक शर्माको संगीत भरेका छन् ।

सेन्टिमेन्टल फ्लेबरको यो गीतको भिडियोमा सरु र सरोज दुवै देखिएका छन् । भिडियोमा उनीहरु स्टेजमा पर्फम गर्दै गरेको अवस्थामा छन् ।

यसअघि सरुको ‘के यो माया हो’ बोलमा सरोजले अभिनय समेत गरेका थिए । ‘भाईंको स्वर पनि राम्रो छ । त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले गीतबाट आशावादी रहेको बताइन् ।

भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्