‘बेबी आइ लभ यू’को स्याड सङ रिलिज



रंगखबर, काठमाडौँ – जेठ १८ गते रिलिज हुने फिल्म ‘बेबी आइ लभ यू’को वियोगान्त गीत रिलिज भएको छ ।

‘सायद तेरो मेरो’ शिर्षकको गीतमा सन्तोष खड्की र पूजा तिवारीको प्रेमभावलाई देखाएको छ । गीतमा मुख्य कलाकार सन्तोषकै संगीत/स्वर छ ।

जनक पाण्डे निर्देशित फिल्ममा सन्तोष र पूजाका अलावा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी, किरण के शर्मा, र कार्टुन क्रुजको अभिनय छ ।

शिव न्यौपानेले निर्माण गरेको फिल्मका सहनिर्मातामा सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् । सन्तोषकै कथा रहेको फिल्ममा जनक पाण्डेको पटकथा/संवाद, सुजन बादलको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्