‘मुम्बई’को कथा ‘कोहलपुर’ले बेचीसक्यो, अब ‘झमक बहादुर’ कसले हेर्ने ?



रंगखबर, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘कोहलपुर एक्सप्रेस’ले रिलिज पश्चात थुप्रै गाली खानु पर्यो । यो सिनेमा तामिल र बलिउडको ‘मुम्बई एक्सप्रेस’बाट हुबहु कपि गरेको पत्ता लागेपछि निर्मात्री केकी अधिकारीले कपि नभएर इन्स्पायर भएको बताउदै गल्तीबाट उम्कन खोजिन ।

कतिले केकीले दर्शक ठग्न खोजेको आरोप पनि लगाए । प्रदर्शन पुर्व तिर्सना बुढाथोकीबाट इन्स्पायर भएर ऋचा शर्माको भूमिका बनाइएको भन्ने ‘कोहलपुर एक्सप्रेस’ टिमले किन कथा पनि इन्स्पायर छ, भनेन ? यसलाई कसरी बुझ्ने ?

https://youtu.be/Nt3PffqV-G0

कुरा गरौ नयाँ नेपाली सिनेमाको । अनुपबिक्रम शाही स्टारर सिनेमा ‘झमक बहादुर’को ट्रेलर सोमबार रिलिज भएको छ । ‘मुम्बई एक्सप्रेस’ कपिबाट गाली खाइरहेको ‘कोहलपुर एक्सप्रेस’ दोस्रो सातामा रिलिज भैरहँदा ‘झमक बहादुर’को ट्रेलर पनि यी दुई सँग दुरुस्तै मिल्न गएको छ । ‘झमक बहादुर’को ट्रेलर हेर्दै गर्दा जो पनि दर्शकले ‘कोहलपुर एक्सप्रेस’ र ‘मुम्बई एक्सप्रेस’लाई सम्झिन्छन । किनकी यी दुई सिनेमाको कथासार, पात्र र कमेडी ‘झमक बहादुर’मा पनि महसुस गर्न सकिन्छ ।

अब ‘झमक बहादुर’ कुन सिनेमाको कपि होला त ? पक्कै पनि ‘मुम्बई एक्सप्रेस’कै हुनु पर्छ । किनकी ‘कोहलपुर एक्सप्रेस’ भन्दा पहिला ‘झमक बहादुर’ फ्लोरमा गएको थियो । ‘मुम्बई एक्सप्रेस’को नेपाली स्वाद ‘कोहलपुर एक्सप्रेस’ले बाँडीसकेको छ । रिलिजमा ढिलाई गरेको ‘झमक बहादुर’ले अब दर्शक तान्न सफल होला त ?

पछिल्लो समय नेपाली सिनेमाले अर्ग्यानिक कथाबस्तु छनोट गर्दै थियो । जसले गर्दा नेपाली सिनेमाको दर्शक र इस्तर बढिरहेको थियो । अब दुई सिनेमाले एकै, त्यो पनि फ्लप सिनेमाको कथा चोरी गरेर दर्शक झुक्याउन खोज्नुलाई के भन्ने ?

प्रतिक्रिया दिनुहोस्