प्रियंकाको यो पहिरन बनाउनै लाग्यो २५० घण्टा , मूल्य कति ?



एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अधिकांश समय उनले लगाउने फेसनका कारण चर्चामा आइरहन्छिन् । उनी जुनसुकै इभेन्टमा पुग्छिन् उनको ड्रेस निक्कै चर्चा हुन्छ ।

फेरि उनले लगाएको ड्रेसको चर्चा सुरु भएको छ । उनी अमेरिकास्थित न्युयोर्कमा आयोजित एक कार्यक्रममा सहभागी भइन् । जहाँ उनी फरक ड्रेसमा देखिएकी थिईन् ।
जव उनी कार्यक्रमका सहभागी हुन रेड कार्पेटमा देखिइन् उनी क्याथालिक अवतारमा थिइन् । आघिल्लो पटक सोही ठाउँमा अयोजित कार्यक्रममा सहभागी हुँदा प्रियंका ट्रेन्च कोट लगाएकी थिइन् । त्यसबेला पनि उनको चर्चा पनि निकै भएको थियो ।

यो पटक पनि उनको लुक्सको धेरैनै चर्चा शुरु भएको छ । भनिन्छ पछिल्लो पटक उनले लगाएको ड्रेस बनाउन २५० घण्टा समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्