बाहिरियो सोनम कपूरको बिहे भिडियो



बलिउड नायिका सोनम कपूरले मङ्गलबार विवाह गरेकी छन्। कपुर दिल्लीका व्यापारी आनन्द आहुजाका साथ विवाह बन्धनमा बाँधिएकी हुन्। केही वर्षदेखिको प्रेम सम्बन्धलाई आज उनीहरूले वैवाहिक जीवनमा परिणत गरेका हुन्। वैवाहिक समारोहमा बलिउडका चर्चित हस्तीहरूको उपस्थिति रहेको थियो।
सोनम बलिउडका चर्चित अभिनेता अनिल कपुरकी जेठी छोरी हुन् । फिल्म सावरियाबाट बलिउडमा प्रवेश गरेकी उनी विवाहपछि लन्डन गएर बस्ने समाचार प्रकाशित भएका छन् । फिल्मफेयरमा प्रकाशित समाचारमा जनाइए अनुसार सोनम र आनन्दले लन्डनको नटिङ हिल्समा २ बेडरुम भएका फ्ल्याट समेत खरिद गरिसकेका छन् ।

हेर्नुस् नायिका सोनम कपूरको विवाहको भिडियो।
https://www.youtube.com/watch?v=ZSVNoeRzmOM

प्रतिक्रिया दिनुहोस्