भाइरल बालक अशोक दर्जीको पहिलो गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – एकाएक युट्युबमा भाइरल भएका बालक अशोक दर्जीको पहिलो गीत सार्वजनिक भएको छ । ‘मन बिनाको धन ठुलो की धन बिनाको मन ?…’ बोलको गीत रेकर्डीङ समयमा नै भाइरल भएको थियो ।

संगीतकार टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा टंकसँगै दर्जीको स्वर छ । बिराज नेपालको शब्द लेखन रहेको गीतको भिडियोमा उनका भाइरल भएका सामाग्रीहरु पनि अटाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्