दर्जीको रेकर्ड, युट्युबमा पछी पर्यो ‘रुपै मोहनी’



रंगखबर, काठमाडौँ – युट्युबमा भाइरल भएका बालक अशोक दर्जीको पहिलो गीतले युट्युबमा रेकर्ड कायम गरेको छ ।

यसले रिलिज भएको २४ घण्टामै अहिलेसम्मकै सर्वाधिक भ्युज कमाउदै रेकर्ड बनाएको हो । २४ घण्टामा यसको भ्युज १० लाख बढी छ । यसअघि २४ घण्टा भित्र युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियो फिल्म ‘शत्रु गते’को ‘रुपै मोहनी’ थियो । जुन गीतले ९ लाख ६६ हजार भ्युज पाएको थियो ।

अब यो गीत नै २४ घण्टा भित्र युट्युबमा सर्वाधिक भ्युज पाउने गीत बनेको छ । यो समाचार तयार पार्दासम्म ‘मन बिनाको धन…’लाई १२ लाख १४ हजार भन्दा बढी पटक हेरिएको छ ।

बिराज नेपालको शब्दमा टंक बुढाथोकीले संगीत भरेको गीतमा दर्जीसँगै संगीतकारको स्वर छ । स्मरण: रहोस यसअघि रेकर्ड राखेको ‘रुपै मोहनी’ गीतमा पनि टंककै स्वर र संगीत थियो ।

प्रतिक्रिया दिनुहोस्