२२ बर्षे सम्बन्ध तोड्दै हिमेशले कसे सोनियासँग लगनगाठो



बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले बिहे गरेका छन् । आज उनले मुम्बइस्थित घरमा आफ्नी गर्लफ्रेण्ड सोनिया कपुरसँग बिहे गरेका हुन् । हिमेश रेशमियाका एसोसिएट राकेश उपाध्यायले यो कुराको पुष्टि गरेको भारतीय अखबार दैनिक भाष्करको अनलाइनले जनाएको छ ।

आजै बिहे गरेका हिमेशले छिट्टै भव्य रिसेप्सन पार्टी दिने बताइएको छ । यसअघि १९९५ मा हिमेशको कोमलसँग बिहे गरेका हिमेशको यो दोस्रो बिहे हो। यी दुईको २०१७ मा सम्बन्धविच्छेद भएको थियो । यी दुईको एक छोरा छन् । छोराको नाम स्वयं हो ।

 

प्रतिक्रिया दिनुहोस्