मल्टीस्टारर ‘रेस ३’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर रिलिज भएको छ । २००८ को लोकप्रिय एक्सन थ्रिलर ‘रेस’ सिरिजको तेस्रो भागलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमान खान, अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्नान्डिज, डेजी शाह, सकिब सलिमको मुख्य भूमिका छ । अन्तिम सेड्युलको छायाँकन चलिरहेको सिनेमा जुन १५ मा प्रदर्शन हुदैछ । सिनेमामा सोनाक्षी सिन्हाको एक गीतमा केमियो हुनेछ ।

सलमानका फ्यान तथा दर्शकहरुको लागि खुसीको खबर छ, की ‘रेस ३’ थ्रीडीमा पनि रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्