‘बाबु कान्छा’को फस्टलूक्स पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ- निर्माता तथा अभिनेता शोभित बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘बाबु कान्छा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सलोन बस्नेतको मुख्य भूमिका रहेको पोस्टरसंगै  प्रदर्शन मिति पनि घोषणा गरिएको हो सार्वजनिक ३ पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु रोमान्टिक मुडमा प्रस्तुत भएका छ्न ।

प्रेमकथामा आधारित चलचित्रको निर्माण तथा निर्देशन शोभित बस्नेतले गरेका हुन सलोनका अलावा चलचित्रमा करिश्मा श्रेष्ठ, ऋतिक शाही, नीर शाह, सरोज खनाल, सम्राट सापकोटा, राजाराजम पौडेल, लय सङ्ग्रौला, मन्जु पौडेल लगायतका कलाकारले अभिनय रहेको छ । यसै चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्स्ना महर्जनले नायिकाको रुपमा डेव्यु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्