यस्तो बन्यो ‘विराङ्गाना’को पहिलो गीत – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- शिल्पा पोखरेल र अनुप बिक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म ‘विराङ्गाना’ को पहिलो गीत सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा सम्पन्न डि सिने अवार्ड समारोहको बिचमा फिल्म ‘विराङ्गाना’ टिमले ’तिमी पुलिस म नि पुलिस’ सार्वजनिक  गरिएको हो । दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अनुप विक्रम शाही र शिल्पा पोखरेललाई प्रहरीको भेषमा कम्मर मर्काएका छन्  ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन भने  राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ।

यहि असार २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्ममा शिल्पा र अनुपका अलवा  पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल सुजल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्