पारिवारिक ज्योतिषले निकाले रणवीर र दिपिकाको विवाहको मुहुर्त



रंगखबर, काठमाडौँ- रणवीर सिंह र  दीपिका पादुकोणको विवाहको तारिख लगभग तय भईसकेको छ। भारतीय संचार माध्यमले तयार परेको  रिपोर्ट्सका अनुसार यही बर्ष १९ नोभेंम्बरमा उनीहरुको विवाह मुम्बईमा हुनेछ।

सुत्रका अनुसार उक्त दीपिकाको विवाहको डेट फ्यामिलीले तय गरेका हुन्। दीपिकाको  फ्यामिली एस्ट्रोलोजरले ग्रह दशाको बारेमा अध्ययन गरिसके पछि १९ नोभेम्बरको शुभ तीथि निकालेको जानकारी प्राप्त भएको छ। यो तारिख दीपिकाको र  रणवीरको परिवारको सहमतीमानै गरिएको हो ।

दीपिका र रणवीरको विवाह साउथ इन्डियन स्टाइलमा गरिने अनुमान गरिएको छ। यसको लागी  रणवीरले परम्परागत मून्डू पोशाक पहिरिने छन् भने दीपिकाले  वेडिङ  ड्रेस बलिउडको फेमस डिजाइनर  सब्यसाची मुखर्जीको डिजाइन लगाउन सक्ने बताईएको छ।


सुत्रहरुले यो पनि जानकारी दिएका छन् कि विवाह मुम्बईमा हुनेछ र तत्काल भेन्यू बुक गर्न  धेरै चाडै  हुने भएकोले त्यसको लागी भेन्यू अगस्त सम्म फाइनल हुने  बताईएको छ।

प्रतिक्रिया दिनुहोस्