सारीमाथी सर्ट लगाएर फिल्मको पुगिन सोनाम चलचित्र प्रोमोसनमा



रंगखबर, काठमाडौँ- करिना कपुर तथा सोनम कपुरको मुख्य भूमिका रहेको वीरे दी वेडिङ जुन १ मा रिलिज हुँदैछ। त्यसैले फिल्म प्रोमोसनका लागि फिल्मका पुरै स्टारकास्टले निकै कसरत गरिरहेको छ। यहि प्रोमोशनका क्रममा सोनम, करिना, स्वरा र शिखा सुन्दर तथा फरक फरक अन्दाजमा देखिए ।

भर्खरै विवाहित सोनम कपुर सेतो सर्टसँग निलो रङको साडीको  पहिरनमा फिल्मको प्रोमोशनमा पुगेकी थिइन् ।बलिउडमा  फेशन तथा स्टाइलको मामिलामा सधैँ  नम्बर वान रहने सोनमको यो एक्स्ट्रा लूक  उनका प्रसंशकलाई मन पर्यो ।

यता, करिना कपुर प्रोमोशनमा डेनिम स्कर्ट र ज्याकेटमा  स्टाइलिस अन्दाजमा  देखिइन् । उनको पहिलो सन्तान तैमुरको जन्मपछि करिनाले बलिउडमा पुन: यसै फिल्मबाट  कमब्याक गरेकी हुन् ।

यसका साथै करिनाले  उक्त फिल्मलागि आफ्नो तौल समेत घटाएर पुन:विवाह अघिकै जस्तो फिगर बनाएकी छन्। यसघि पनि करिनाले ‘टसन’ फिल्मका लागी पावर योगा गरेर जीरो फिगर बनाएकी थिइन्।

साथै ‘प्रेम रतन धन पायो’ तथा तनु वेड्स मन्नु’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेकी  स्वरा भास्कर वीरे दी वेडिङको ट्रेलरमा पहिलो पटक बोल्ड अन्दाजमा देखिएकी छिन् ।

यस्तै, शिखा तल्सानिया सेतो पहिरनमा प्रोमोशनमा पुगिन् । फिल्मलाई रिया कपूर र एकता कपूरले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्