जम्मा २६ सेकेन्डमा हिट भएकी प्रिया प्रकाश बेरोजगार , लेखिन यस्तो स्ट्याटस !



रंगखबर, काठमाडौँ- जम्मा २६ सेकेन्डको भिडियोमा आँखा झिम्क्याएकै भरमा रातारात देश तथा विदेशमा भाइरल भएकी प्रिया प्रकाश वारियर बेरोजगार बसिरहेको जानकारी दिएकी छन्। उनले  सामाजिक संजालमा एक पोस्ट मार्फत आफु बेरोजगार भएको पिडा ब्यक्त गरेकी छन्।

उनले आफ्नो इन्स्टाग्राममा एक फोटो सँगै शेयर गरेको क्याप्सनले धेरैलाई भाबुक बनाएको छ। उनले आफ्नो पहिलो डेब्यू फिल्मका को–स्टार रोशन अब्दुल्लासँगको फोटो शेयर गर्दै लेखेकी छन्, ‘जब तपाइँ बेरोजगार घुमिरहनु भएको छ र कुनै व्यक्ति तपाइँसँग फोटो खिचाउन तयार हुन्छ?’

यो स्टाटसलाई पढेपछि  उनले निकै गम्भीरतापूर्वक उक्त स्टाटस लेखेकी हुन् जस्तो लाग्छ । केही समय पहिला सामाजिक संजालमा फरक फरक प्रोडक्ट्सको प्रमोशन गर्नकालागि उनलाई करोडौंको अफर आएका थिए।

यसका साथै उनको एक भिडियो क्लिप सार्वजनिक भएपछि उनलाई धेरै बलिउड फिल्मका अफर आएको खबर समेत सुनिएको थियो। साथै रनबिर कपुरको अपोजितमा नयाँ फिल्म देखिने सक्ने अनुमान समेत धेरैले गरेका थिए।

रातारात हिट भएकी मलयालम फिल्मकी  यी डेब्यु कलाकारको २६ सेकेन्डको भिडियोले गर्दा  इन्स्टाग्राममा केहि दिनमा नै मिलियन फ्यान फलोइङ्ग बढेका थिए ।

भाइरल बनेकी प्रिया प्रकाशको स्टाटस पढेपछि उनको उनको हालत खराब रहेको अनुमान गर्न गाह्रो हुँदैन। प्रिया प्रकाशको डेब्यू मलयालम फिल्म चाँडै रिलीज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्