सैफ–करिनाले छोरा तैमुरलाई किन सस्तो स्कुलमा भर्ना गरे ?



रंगखबर, काठमाडौँ।

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले छोरा तैमुरलाई सामान्य स्कूलमा भर्ना गरेकी छिन् । उनले ६ महिनाको २२ हजार रुपैयाँ मात्र फि तिर्ने गरेकी छिन् । यसरी हेर्दा तैमुरको माषिक फि तिन हजार ६६ पैैसा मात्र आउने गर्दछ ।

एउटै फिल्मबाट करोडौं कमाई गर्ने खान्दानी जोडीले छोरालाई गतिलो स्कूल किन हालेनन् धेरैलाई अचम्म परेको छ । करिनाको छोरा पढ्ने स्कूलमा मध्यम वर्गका परिवारका छोराछोरी पढ्ने गरेका छन् । हुन त करिनाको छोरा मात्र १५ महिनाको भएका छन् ।

यो उमेर स्कूल जाने समूह अन्तर्गत पर्दैन । तर करिनाले भने स्कूल भर्ना गरिदिएकी छिन् । हुन त आजभोली छोराछोरी दुई खुट्टा टेकेर हिँड्ने मात्र के भएका हुन्छन्, स्कुल भर्ना गर्न हतार हुन्छन् । करिनाले पनि यही शैली पछ्याएकी पनि हुन कि ?

तैमुरुको कक्षामा १४ महिनादेखि २२ महिनासम्मका बच्चाहरु छन् । तर, उनीभन्दा कान्छा एक जना मात्र छन् । तैमुर अहिले पाट्टपुट्ट बोल्न मात्र थालेका छन् । स्कुलले उनलाई हप्तामा ५ दिन खेलाउने र एक दिन अक्षर चिनाउने जनाएको छ ।

तैमुर अहिले बाबुआमाको काख छोड्न चाँहदैनन् । हालै एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनलाई रुवाँउदै जबरजस्ति विद्यालय लगिएको देखिन्छ ।

भारतका बालअधिकारवादीहरुको आँखा भने अहिलेसम्म यसका सायद परेको छैन । स्कुल पठाउने बेलामा दिनदिनै तैमुरको रुवावासी हुने स्रोतले बताएको छ ।

तर, करिना र सैफ दुवैजना आफ्नो काममा व्यस्त हुने भएकाले छोरा दिनभरी स्कुलमै भुलियोस भन्ने चाहन्छन् । करिनाले छोरालाई पहिल्यै दुध छुटाइसकेकी छिन् ।

Comments

प्रतिक्रिया दिनुहोस्