सलमान खान फेरी विवादमा



मुम्बइ। भारतीय सुपरस्टार सलमान खान पुन: विवादमा तानिएका छन्। यसपटक उनीमाथि हिन्दुको भावनाको तिरस्कार गरेको आरोप लागेको छ। उनलाई यो आरोप  ‘हिन्दू ही आगे’  संगठनका आगराका लागी  इकाइ प्रमुख गोविन्द पाराशरले लगाएका हुन्। साथमा उनले सलमानलाई कुटने लाई २ लाख रुपैयाँ पुरस्कारको घोषणा  समेत गरेका छन्।

 उनका अनुसार सलमानको फिल्म निर्माण कम्पनीले निर्माण गर्न लागेको फिल्मको नाम लवरात्री छ । सलमानले यो फिल्म जानीजानी हिन्दूलाई ठेस पुर्याउन हिन्दूको पवित्र नवरात्रीको अवसरमा रिलिज गर्ने घोषणा गरेको आरोप उनले लगाएका छन् ।

उनीहरुले आगराको फिल्म हलमा पुगेर सलमानको फिल्मका पोस्टर जलाएका छन् । उनीहरुले सलमान खान र लवरात्रीको विरुद्ध नाराबाजी पनि गरेका छन् । फिल्म अक्टोबरमा रिलिज हुँदैछ र यो फिल्ममा सलमानका बहिनी ज्वाँई  आयुष शर्माले मुख्य भूमिकामा काम गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्