एजेन्सी। बलिउड नायिका विपाशा बसु मुम्बईको एक अस्पतालमा भर्ना भएकी छन्। उनले सोशल मिडिया मार्फत आफ्नो स्वास्थ्यको जानकारी दिएकी छन्। विपाशाले अस्पतालमा बाट आफ्नो फोटो समेत पोस्ट गरेकी छन्।
इन्स्टाग्राममा शेयर गरिएको उक्त फोटोमा विपाशा फन्नी अन्दाजमा देखिएकी छिन। यसअघि उनले आफु बिरामी परेको बारे एउटा ट्वीट गरेर आफ्ना फ्यानहरुलाई जानकारी दिएकी थिइन्। उनले ट्वीटमा आफुलाई ब्याक्टेरिया सक्रमण भएको र चाँडै सन्चो हुने कुरा बताएकी थिईन।
तर उनले बिमारीको बारेमा भने केहि खुलाशा गरेकी छैनन्। तर मिडिया रिपोर्टसको अनुसार भने उनलाई स्वासमा समस्या भएको कारण मुम्बईको एक परिचित हस्पिटलमा भर्ति गराएको बताएका छन्। उनको धेरै दिनदेखि हस्पिटल आउने जाने चलिरहको खबर भएका कारण उनि प्रेग्नेंट हुन सक्ने धेरैले अनुमान गरेका थिए। तर त्यो सत्य नभएको उनले खण्डन गरेकी छिन्।