रजनीकान्तको ‘काला’लाई कर्नाटकले किन लगायो प्रतिबन्ध ?



एजेन्सी। दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्त द्वारा अभिनीत  फिल्म ‘काला’ लाई कर्नाटकमा प्रतिबन्धमा परेको छ।फिल्ममाथि लगाइएको प्रतिबन्धनको विरोध गर्दै फिल्मका अभिनेता प्रकाश राजले एउटा ट्विट गर्दै “सधैं फिल्म उद्योगलाई किन निकासा बनाइन्छ”भन्दै प्रश्न गरेका छन्।

रजनीकान्तको फिल्म ‘काला’ ७ जुनमा रिलीज हुँदैछ। रजकीकान्तको फिल्मलाई लिएर दक्षिण भारतमा जुन प्रकारको क्रेज रहन्छ, त्यसलाई हेर्दा के अनुमान लगाउन सकिन्छ भने फिल्मको रिलीज रोकियो भने निकै नोकशान हुनेछ। पा रंजीतको निर्देशनमा बनेको यो फिल्मको प्रोडक्शन धनुषले गरेका हुन्। फिल्मका रजनीकान्तको भूमिका झुपडीमा बस्ने मानिसको नेताको रुपमा छ, जो एक ग्याङस्टार बन्छन्।

रजनीकान्तले संचार माध्यमसँग कुरा गर्दै भने,‘फिल्ममाथि प्रतिबन्ध लगाउनुको कारण के हो? केएफसीसी (कर्नाटक फिल्म चेम्बर अफ कमर्श)  साउथ इण्डियन फिल्म चेम्बर अफ कमर्शको हिस्सा हो। र मलाइ के लाग्छ भने उहाँहरुले यसमा दखल दिनुहुन्छ र राम्रो समाधानसहित आउनुहुन्छ।’

केही दिन पहिला रजनीकान्तले कावेरी जल विवादमा एक बयान दिएका थिए। उनले भनेका थिए, ‘कावेरी नदीबाट तमिलनाडुलाई प्राप्त हुने पानीको मात्रा कम गर्ने सर्वोच्च अदालतको आदेश निराशाजनक छ। राज्य सरकारले समीक्षा याचिका दायर गर्नुपर्छ।’

त्यसपछि कर्नाटक फिल्म चेम्बर अफ कमर्शले राज्यमा फिल्ममाथि प्रतिबन्ध लगाएको थियो। दश समूहले कन्नड फिल्म काउन्सिलले फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेको थियो। किनभने उनीहरु कावेरी मामिलामा उनीहरु राजनीकान्तको बयानदेखि असन्तुष्ट थिए।

प्रकाशराजले ट्विटलाई आधार मान्ने हो भने यो फिल्ममाथि प्रतिबन्धन कर्नाटक फिल्म चेम्बरले लगाएको होइन। डिष्ट्रीबयुटर्स र एगजीबिटर्सले फिल्मलाई लिएर फिल्मलाई लिएर दबावका कारण फिल्म रिलीज नगर्ने फैसला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्