‘सन्जु’को नँया पोष्टरमा नरगिस बनिन मनिषा



मुम्बई।  बुधबार संजय दत्तका बुवा सुनिल दत्तको ९० औ जन्म जयन्तिको अवसरमा संजय दत्तको बायोपिक फिल्म ‘संजु’ का डायरेक्टर राजकुमार हिरानीले एउटा पोस्टर सार्वजनिक गरेका छन्। यस पटकको पोस्टरमा संजयकी आमा नारगिसकोको भूमिका निभाई रहेकी मनिषा कोइराला रणबिर कपुर सँग देखिएकी छन्। 

पोस्टरमा मनिषालाई हुबहु नरगीसको लुक्समा देखिएको छ। डायरेक्टरका अनुसार संजयलाई उनकी आमाले माया गरेर संजु बोलाउने गरेको कारण फिल्मको टाईटल संजु राखिएको बताएका छन्।

संजय दत्त आमा नरगीस सँग एकदम नजिक थिए। संजय जब ड्रग्सको लतमा लागेका थिए त्यसबेला उनकी आमा मृत्यु सँग लडिरहेकी थिइन्। उक्त सिनलाई फिल्मको ट्रेलरमा पनि राखिएको छ। तर ट्रेलरमा मनिषाको उक्त रोल धेरैबेर सम्म देखाईएको छैन्। पोस्टर तथा ट्रेलरमा मनिषाको लुक्सले अवश्य पनि नरगिसको याद ताजा गराउँछ।

सञ्जय दत्तको जीवनमा आमा नरगिस निकै महत्वपूर्ण थिइन्। उनि आफ्नी आमाको धेरै नजिक थिए ,यसकारण सञ्जु फिल्ममा मनिषाको महत्वपूर्ण भूमिका रहेको अनुमान गरिएको छ ।

संजयको डेब्यु फिल्म”रकीको रिलिज हुनु भन्दा ५-६ दिन अघिनै उनको आमाको मृत्यु भएको थियो। उनि आफ्नो छोरालाई स्क्रिनमा देख्न चाहन्थिन तर उनको त्यो अन्तिम इच्छा पुरा हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्