बुगिबुगी’ को ‘टप–९’ भित्र पर्न सफल सरोजको चर्चा देश तथा विदेशमा



रंगखबर,काठमाठौं – एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित डान्स कार्यक्रम ‘बुगिबुगी’ मा सरोज मोक्तान टप ९ भित्र पर्न सफल भएपछि अहिले उनको चर्चा चुलिएको छ । मोक्तानको ‘डान्स–स्किल’ र पफर्मेन्सबाट जुरी सदस्यहरु नै चकित छन् । त्यतिमात्रै नभएर सहभागी प्रतिष्पर्धीहरु पनि उनको क्षमताको ठूलो प्रशंशक नै बनेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका मोक्तान सानैदेखि नृत्यमा रुचि राख्थे । मुलुककै सर्वाधिक ठूलो राशिको नृत्य प्रतियोगिताको टप ९ भित्र परेपछि अहिले उनको चर्चा स्वदेशमा मात्रै नभएर विदेशमा पनि चुलिँदो छ । उनलाई जिताउने अभियानमा उनका समर्थकहरु अहिलदेखि नै जुटिसकेका छन् । भोटिङ हरेक हप्ताको बिहीबार राति ८ बजेदेखि शुक्रबार दिउँसा १२ बजेसम्म खुल्ला हुन्छ । हामी सँगको कुराकानीमा सरोजले भने,‘म आज यत्रो ठूलो प्रतियोगितको टप ९ भित्र पर्न सफल भएको छु, यहाँसम्म आईपुग्नको लागि मलाई सबैको साथ र सहयोग रहँदै आएको थियो, अब आउने दिनमा मलाई प्रतियोगिताको विजयी बनाउनको लागि पनि आम दर्शक महानुभाव तथा मेरा फ्यानहरुले ठूलो सहयोग पुर्याउनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’ सरोजलाई भोटिङ गर्नको लागि नेपालमा हुनेहरुले मोक्तानको कोड नम्बर ०८ टाईप गरी ३५२२५ मा म्यासेज पठाउनुपर्ने छ भने विदेशमा रहेकाहरुले एपी वानको एप्सबाट भोट गर्न सक्नेछन् । विदेशबाट भोट गर्नेहरुले एउटा अकाउन्टबाट जम्मा ५ पटकसम्म गर्न पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्