करीना र आलियाको चेपुवामा पर्यो रजनीको ‘काला’



मुंबई । रजनीकान्तका हरेक चलचित्रहरुले जोडदार ओपनिंग पाउने गरेका छन्। रजनीको फिल्म सँगै लागेका त्यस्ता कुनै चलचित्रहरु छैनन् जसलाई उनको चलचित्रले नापछारेको होस्। बक्स अफिसमा उनको काला रिलिज डेटको एकदिन पहिलेनै रिलिज गरियो।

यसकारण धेरै चलचित्रको कमाईलाई यसले फरक पर्ने अनुमान गरिएको थियो तर यसका वावजुत काल सँगै हलमा लागेका राजी,वीरे दी वेडिंग तथा परमाणु द स्टोरी अफ पोखरण जस्ता ऑफ चलचित्रहरुले पनि सुखद व्यापार गरे।     

‘राजी’ को चौथो हफ्ता पुरा भएको छ। बिहिबार काला डे संगै लागेको राजीले ४५  लाख को कलेक्सन गरेको थियो। चलचित्रले सय करोडको आंकडा पार गरेको छ। फिल्मको कमाई अहिले सम्म  117 करोड़ 79 लाख पुगिसकेको छ। 

साथै शशांक खेतानको निर्देशन मा बनेको वीरे दी वेडिंग,यो बर्ष बलिउड मध्येकै राम्रो ओपनिंग गर्ने चलचित्र  मध्येमा पाँचौ स्थानमा पर्छ। चलचित्रले पहिलो हफ्तामा नै  56 करोड़ 96 लाख रुपैयाँको कलेक्सन गर्न सफल भएको थियो। काला रिलिज पछि पनि चलचित्रले ४ करोड ६ लाखको ब्यापार गर्यो।

जोन अब्राहम स्टारर परमाणु  द स्टोरी अफ पोखरणले पनि काला सँगै एउटै हलमा लाग्दा एक करोड़ २८ लाख को कलेक्सन  गर्यो। चलचित्रले अहिले सम्म ५१  करोड़ ८३ लाख  रुपैयाँको कमाइ गरिसकेको छ। यो फिल्मले पहिलो दिननै  ३५  करोड़ ४१  लाख रुपैयाँको कलेक्सन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्