बलिउड सुपरस्टार जसले न्यून: पारिश्रमिकमा करियर सुरु गरे



एजेन्सी- बलिउडका सुपरस्टारहरुले अहिले एउटै चलचित्रमा अभिनय गरे वापत करोडौको पारिश्रमिक लिने गर्दछन त्यस्तै बिभिन्न प्रोग्राम तथा ब्रान्डएम्बेसडर बने बापत पनि करोडौ लिने कलाकारहरुको पहिलो तलबबारे सायद कसैलाई त्यति थाहा होला। यदि उनीहरुको पहिलो पारिश्रमिकको कुरा गर्ने हो भने कसैले २५ रुपैयाँ पाएका थिए त कसैले ५० रुपैयाँ १०० रुपैयाँ र  १०० रुपैयाँ र पाएका थिए। यसको अलावा पनि उनीहरुले पहिलो पारिश्रमिक आफ्नो तरिकाले खर्च गरे। आज तपाईहरुलाई यी सुपरस्टारअह्रुले पाएको पहिलो पारिश्रमिक बारे चर्चा गर्दैछौ ।

१. इरफान खान

चर्चित बलिउड अभिनेता इरफान खान न्युरो इन्डोक्राइन ट्युमर नामक रोगको सामना गरिरहेका छन्। इरफानले ट्वीट गर्दै लेखेका छन्, “जिन्दगीमा अचानक केही यस्तो हुन्छ, जसले तपाईले अगाडी बढाउँछ। मेरो जिन्दगीमा पनि पछिलो दिनमा केही यस्तो नै भएको छ।” इरफान आफ्नो सुरुवाती दिनहरुमा बच्चाहरुलाई ट्युसन पढाउने गर्थे र पहिलो पारिश्रमिक रकम जम्मा २५ रुपैयाँ थियो। उक्त रकमबाट उनले साइकल खरिद गरेका थिए।

 

२. ऋतिक रोशन

ऋतिक रोशन ६ वर्षको हुदाँ उनलाई फिल्म ‘आशा’ मा काम गर्ने अवसर प्राप्त गरेका थिए र उनले त्यहाँ पारिश्रमिक १०० रुपैयाँ पाएका थिए। उनले उक्त १०० रुपैयाँले खेलौना कार किनेका थिए।

३. आमिर खान

आमिर खानले फिल्म ‘पारानोय’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए र त्यहाँबाट उनले पहिलो पारिश्रमिकको रुपमा एक हजार प्राप्त गरेका थिए। उनले उक्त रकम आफ्नो आमालाई राख्न दिएका थिए।

५ .शाहरुख खान

शाहरुख खानले पंकज उधासको एक गजल कार्यक्रममा मानिसहरुलाई सिट व्यवस्था गर्ने काम गरेका थिए। उक्त कामको पारिश्रमिकको रुपमा उनले मात्र ५० रुपैयाँ पाएका थिए। उनले उक्त ५० रुपैयाँले ताज महलको टिकट खरिद गरेका थिए।

६. सोनम कपूर

सोनम कपूर आफ्नो करियरको सुरुवाती दिनहरुमा सिङ्गापूरमा वेट्रेसको काम गर्थिन्। त्यस पछि सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’ बाट उनले सहायक निर्देशकको रुपमा काम सुरु गरेकी थीइन । यसबाट उनले तीन हजार रुपैयाँ पाएका थिईन । उनले उक्त पहिलो पारिश्रमिक घरबाट बाहिर ओहोरदोहोर गर्न खर्च गर्थिनगरेकी थिईन  ।

प्रतिक्रिया दिनुहोस्