फेवा तालमा आफ्नै छायाँ हेर्न पुगे नाजिर हुसेन



रंगखबर, काठमाडौँ-   नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा पनि मञ्चन हुँदैछ। नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पना एवं निर्देशन गरेका हुन्।

‘कुरुप हाँस’ मञ्चनका लागि टिम पोखरामा छ। डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्लीडकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो।

अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा  प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीले व्यवस्थापन गर्नेछन्। नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५:३० बजे नियमित मञ्चन हुने बताइएको छ। नाटक हेर्नका लागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको छ।

नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्नेअपहेलना र विभेद देखाइएको छ।
घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्। नाटकमा संवादको प्रयोग छैन।

महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नाटक मञ्चन हुनेछ। सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजयाकार्कीको अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्