यी हुन् बलिउडका धोकेबाज प्रेमी



रंगखबर, काठमाडौँ-  धोका यस्तो शब्द हो जसले सम्बधहरुलाई चकनाचुर बनाएर सम्बन्धको अन्त्य नै गरि दिन्छ। धोकेवाज मनिसहरुसंग जो कोहि पनि टाढा नै बस्न चाहन्छन । धोका सधै विस्वास गरेकाले दिने गर्दछन् । बलिउड कलाकारमा प्रेम र धोका धेरै देख्न सकिन्छ । बलिउडमा केही यस्ता कलाकार पनि छन् , जसलाई प्रेमीले धोकेबाजको आरोप समेत लगाएका छन् ।आज हामी तपाईहरुलाई बलिउड  ती धोकेबाज प्रेमीहरुको बारे जानकारी दिदैछौ  ।

शाहिद- करीना 

चलचित्र ‘जब वी मेट’ को दौरानमा शाहिदको अभिनेत्री करीना कपुरसँग प्रेम थियो । यो सम्बन्ध तीन बर्षसम्म रह्यो । यसपछि बिस्तारै करीना सैफ अली खान र शाहिद अमृता रावसँग नजिकिन पुगिन् । जसको कारण करीना र शाहिद प्रेमीको रुपमा अगाडि बढ्न सकेनन् । त्यसपछि शाहिदले एक सार्वजनिक कार्यक्रममा करीनालाई धोकेबाज समेत भन्न पछि परेन् ।

अक्षय-शिल्पा 

अक्षयकुमार र शिल्पा शेट्टीको केमिस्ट्रीले कयौ चलचित्र र गीत सफल भएका छन् । आज अक्षय बेग्लै जिन्दगीबाट खुसी छन् । तर एक समय शिल्पा अक्षयको छायाँ पनि देख्न चाहन्थिइन् । उनले अक्षयले प्रेममा धोका दिएको आरोप समेत लगाएकी थिइन् । शिल्पाको आरोप थियो ‘अक्षयले प्रयोग गरेर छोडे’ । सार्वजनिक कार्यक्रममा भेटिए भने यी दुबै एक अर्कोसँग कुरा त गर्दछन् । तर खुलेर बोल्न सक्दैनन् ।

रणवीर-कट्रिना 

रणवीर कपुर र कट्रीना कैफको अफियरको किस्सा बिबाह नजिक पुगेको थियो । कट्रीनाको प्रेममा रहँदा पनि रणवीर अर्को अभिनेत्रीसँगको डेटमा रहन्थे । अहिले रणवीर र कट्रीन बीच प्रेम छैन । कट्रीनाले केही पहिले एक अन्र्तवार्ताको क्रममा भनेकी थिइन् ‘रणवीर जस्तो ब्यक्तिसँग सँगै बस्न पनि डर मान्नु पर्छ’।

सलमान-ऐश्वर्या 

सलमान र ऐश्वर्या राय बीचको प्रेमको बिषय बलिउड सबै जानकार छन् । चलचित्र ‘हम दिल दे चुके सनम’मा यी दुबैको जोडी निकै रुचाइएको थियो । चलचित्र अभिनय पछि यी दुबै एक अर्काको नजिक समेत रहन पुगे । तर यो नजिकता केही समयमा ब्रेक भयो । ऐश्वर्याले आधिकारीक रुपमा समेत ब्रेकअपको घोषणा गरिन् । एश्वर्याको घोषणाले तनाबमा रहेका सलमानले धोकेबाजको उपनाम पनि दिएका थिए ।

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्