थ्री इडियट्सको सिक्वेल बन्ने पक्का,कस्तो रहला आमिरको भूमिका ?



एजेन्सी: बलिउडको अत्याधिक सफल चलचित्र थ्रीइडियट्स रिलिज भएको लगभग एकदशक पुग्न लागिसकेको छ। उक्त चलचित्रलाई सफल निर्देशक राजकुमार हिरानीले निर्देशन गरेका थिए।

बलिउडका हरेक ब्लकबस्टर चलचित्रका धमाधम सिक्वेल बनिरहेका छन्। यसैक्रममा दर्शकहरु माझमा थ्रीइडियट्सको सिक्वेलको बन्छ या बन्दैन भन्ने चासो बढिरहेका बेला चलचित्रका निर्देशक राजकुमार हिरानीले उक्त थ्री इडियट्सको सिक्वेल बन्ने पुष्टि गरेका हुन्।

आमिर खानको उत्कृष्ट चलचित्र मध्येको एक चलचित्र हो थ्री इडियट्स। उक्त चलचित्रले दर्शक तथा समिक्षकहरुबाट पनि निकै प्रशंसा बटुलेको थियो साथै ब्यबसायिक रुपमा पनि किर्तिमाननै राखेको थियो।

यसको  सिक्वेल बन्ने भएपछि आमिरका फ्यानहरु पक्कै पनि उत्साहित हुनेछन् ।

तर, सिक्वेलमा आमिर नै हुनेछन् भन्ने पक्का अहिले सम्म भै सकेको छैन । खासमा स्क्रिप्टको काम भर्खर मात्र थालेकाले  चलचित्रमा अहिले नै कोहि कलाकारहरु फाईनल नभएको जानकारी भारतीय मिडियाहरुले दिएका छन।

हिरानीले पछिल्लो पटक निर्देशन गरेको चलचित्र  ‘सञ्जु’ अर्को हप्ता प्रदर्शनमा आउने भएकाले  उनी त्यसको प्रमोसनमा पनि व्यस्त छन् । साथै उनले मुन्नाभाई ३ बनाउने घोषणा यसअघि नै गरेका थिए छन् ।

यस हिसाबले थ्री इडियट्सको सिक्वेलका लागि दर्शकहरुले केही समय प्रतिक्षा गर्नुपर्ने छ किनकी मुन्नाभाई पछि मात्र चलचित्र  फ्लोरमा जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्