‘नाई नभन्नु ल ५’ को फस्ट लूक्स यस्तो बन्यो



नाइँ नभन्नु ल सिरिज अन्तर्गतको पाँचौ सिक्वेलको पहिलो पोस्टर सार्वजनिक गरिएको छ। विकाशराज आचार्यको निर्देशन तथा लेखन रहेको चलचित्र ‘नाइँ नभन्नु ल ५’ को फर्स्ट पोस्टरमा नायिका स्वस्तीमा तथा डेब्यु एक्टर अभिषेक नेपाल लाई देखाईएको छ।

त्यस्तै बालकलाकार अनुभव रेग्मी तथा  सेड्रीना शर्माको जोडीलाई प्रस्तुत गरिएको छ।  भदौ ८ गतेबाट देशव्यापी  प्रदर्शनमा आउने चलचित्रमा दीलिप रायमाझी, निरुता सिंह को जोडी सहित  प्रियंका कार्की,केकी अधिकारी,बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा, बसन्त सापकोटाको संगीत छ ।

यो पनि हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्