के भएको थियो त्यो रात जसले गर्दा सलमान र ऐश्वर्याको प्रेम कहानी अधुरो रह्यो



रंगखबर, काठमाडौँ- बलिउडमा अधुरो प्रेम कहानीको चर्चा हुन्छ भने सुरुमा एश-सलमानको नाम नै अग्र स्थानमा आउने गर्दछ । यी जोडीकोको प्रेम कहानी सन् १९९९  मा चलचित्र हम दिल दे चुके सनमबाट सुरु भएको थियो । जुन बेला सलमानलाई बलिउडमा सुपरस्टारको रुपमा हेर्न थाली सकेको थियो भने उता ऐश्वर्या मिस वर्ल्डको बिजेता बनेर बलिउडमा कदम राख्न सुरु गर्दै थिईन । जति बेला सलमान खानको प्रेम चर्चा मोडल सोमी अलि सँग चलेको थियो जब ऐश्वर्याको इन्ट्री बलिउडमा भयो सलमानले आफ्नी प्रेमिका सोमीलाई ब्रेक अप दिएर यी विश्व सुन्दरीसँग नजिकिन थाले । त्यसताका मा सोमीले दिएको अन्तरवार्तामा उनले ऐश्वर्याको कारण सलमान र सोमीको सम्बन्ध बिग्रिएको र आफुलेले देश नै छोडेको सम्म भन्न भ्याएकी  थिईन ।

भनिन्छ सलमानले ऐश्वर्याको करियरलाई मजबुत बनाउन ठुलो भूमिका निभाएका थिए। चलचित्र ‘हम दिल दे चुके सनम’मा पनि  ऐश्वर्यालाई सलमानले नै संजयलिला भन्सालीलाई सिफारिस गरेका थिए । यहि चलचित्रबाट यी दुई जोडीको प्रेम कहानी सुरु भएको थियो चलचित्रको छायांकनकै क्रममा यी दूई नजिकिन पुगेका थिए। चलचित्रमा यी दुईले गरेको अभिनय रियल केमेस्ट्रीका कारण राम्रो भएको थियो भन्नेहरु पनि धेरै छन।  ऐश्वर्याका माता पितालाई भने सलमान र एशको सम्बन्धलाई मन परराउदैन थिए ऐश्वर्यालाई सलमानसँग टाढा हुन आदेशमा उनले सिधै अस्विकार गर्दै घर छोडेर एक्लै बस्न थालेकी थिईन ।

यी दुई लभ बर्डको प्रेम कहानीको सुरुवात के हुदै थियो एक्कासी दुईको सम्बन्धमा भुँईचालो आयो । एक दिन आधा रातमा सलमान ऐश्वर्याको घर गएर एक्कासी ढोका हान्न थाले। एशले ढोका नखोले पछि धम्की दिदै १९औ तलाबाट हाम फाल्ने धम्की दिदै बिहानको ३ बजे सम्म ढोका ढकढक्याएका थिए। जसले गर्दा सलमानको हातमा चोट पनि लागेको थियो पछि बिहानको ६ बजे मात्र ऐश्वर्याले ढोका खोलेकी थिईन ।

https://www.youtube.com/watch?v=uv8mLA2wLxs&t=1s

सलमान खानको यस्तो पागलपनको कारण भने सलमान ऐश्वर्यासँग विवहा गर्न चाहन्थे तर भर्खरै सफलताको स्वाद चाख्दै गरेकी एश भने अझै आफुलाई सफल बनाउन चाहन्थिन। पछि बिस्तारै  सलमान र एशको सम्बन्धमा दुरी बढ्न थाल्यो त्यसताका छापिएको समाचार अनुसार एक्कासी सलमानकी पुर्व प्रेमिका सोमी अलिको एक्कासी आफ्नो पिता बिरामी भएकाले अप्रेसन गर्नु पर्ने र सहयोग गर्नु पर्ने भन्दै  फोन आयो । जसले गर्दा एशलाई खबर नगरी अमेरिका गए। जब उनलाई यो खबर थाहा पाईन उनि सलमानसँग यति धेरै रिसाईन कि सम्बन्ध नै समाप्त गर्ने निर्णय सम्म गरिन । सलमानले यो धोका सहन नसकेर एश अभिनित चलचित्र ‘कुच ना कहो’को सेटमा गएर यति ठुलो हंगामा यसरि मचाए कि अभिषेक बचनको गाडी नै तोडफोर गरेका थिए।

केहि बर्ष पछि ऐश्वर्याले एक पत्रिकामा दिएको अन्तर्वातामा सलमानले उनलाई पिट्ने गरेको खुलासा पनि गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्