नविनले सार्वजनिक गरे ‘गाउँकी एउटी परी’ भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- पहिलो गीत ‘एउटा गीत’  सार्वजनिक गरेर सबैको नजरमा पर्न सफल गायक हुन् नबिन खतिवडा । पहिलो गीतबाट चर्चामा रहेका उनै गायक नबिलले आफ्नो दोश्रो गीत ‘गाँउकी एउटी परी’ बोल रहेको गीतको  भिडियो सार्वजनिक गरेका छन ।  गीतमा सौरभ अधिकारी र रक्षा श्रेष्ठको केमेस्ट्री देख्न सकिन्छ। सौरभ नेपाली म्युजिक भिडियोमा एक चर्चित नाम हो भने रक्षाले धाराबाहिक भद्रगोलबाट दर्शकको मन जित्न सफल भैसकेकी छिन।

भर्खरै सार्वजनिक भएको उक्त गीत दर्शक श्रोताको मुखमा झुन्डिन थालिसकेको छ। गीतमा गायक स्वयमं कै शब्द/संगीत रहेको छ । स्थायी घर इलाम भएका गायक अहिले जापानमा बस्दै आएका छन सानै उमेर देखि संगीतमा लगाव भएका गायकले भविष्यमा पनि दिग्गज व्यक्तिहरुको सहकार्यमा यस्तै राम्रा राम्रा गीत  निकाल्ने जानकारी दिएका छन । गीतको भिडियोमा जीवन शाहीको निर्देशन रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्