नि:सन्तान दम्पतीको कथा ‘प्रसाद’को छायांकन सुरु



रंगखबर, काठमाडौँ – नम्रता श्रेष्ठ,बिपिन कार्की तथा निश्चल बस्नेत मुख्य भूमिकामा रहेने भनिएको चलचित्र ‘प्रसाद’ को सोमबारबाट छायांकन सुरु गरिएको छ।

चलचित्रका मुख्य कलाकारहरुको उपस्थितिमा छायांकनको शुभ मुहुर्त गरिएको हो। अभिनेता बिपिन,नम्रता तथा निश्चलले आफ्नो भागको सम्बाद बोलेर चलचित्रको मुहुर्त सट दिएका थिए।

चलचित्रमा अभीनेत्री नम्रता तथा अभिनेता विपिन श्रीमान श्रीमतीको भूमिकामा रहेका छन् भने निश्चलको भूमिकाको बारेमा भने खुलाइएको छैन्।

पत्रकार सुशील पौडेलको लेखेन रहेको चलचित्रलाई सुवाष थापाले निर्माण गरेका हुन्। साथै चलचित्र ‘प्रसाद’ले निःसन्तान दम्पत्तीको कथालाई समेट्ने छ।

चलचित्र ‘प्रसाद’ सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो,जसलाई दिनेश राउतले निर्देशन गर्दैछन् । उनले यसअघि नोभेम्बर रेन,क्लासिक तथा पर्व जस्ता चलचित्रहरु निर्देशन गरिसकेका छन्।

चलचित्रमा सुवाष भुसाल र कोशिष क्षेत्रीको संगीत  रहनेछ र  राजेश श्रेष्ठको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्